बिहिबार, चैत्र १५, २०८०

सुरु भयो साँस्कृतिक कार्तिक नाच

 विगतमा २७ दिनसम्म देखाइने कात्तिक नाच खर्चको व्यवस्थापन गर्न नसकेको भन्दै संरक्षण समितिद्दारा १० दिनमा नाचलाइ सिमित

काठमाडौं मार्ग १, ललिपुरमा तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आइरहेको मानिने ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच 1472832_558015427602767_1987424737_nसोमबारबाट सुरु भएको छ । ललितपुर दरबार स्क्वायरस्थित कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहाँसिक कात्तिक नाच विगतमा २७ दिनसम्म देखाइने भए पनि हाद आएर नाचको लागि आवश्यक खर्चको व्यवस्थापन गर्न नसकेको भन्दै कात्तिक नाच संरक्षण समितिले १० दिनमै नाचलाइ सिमित गर्न बाध्य भएको जनाएको छ ।
प्रत्येक दिन साँझ प्रदर्शन गरिने कार्तिक नाचमा नृसिंह अवतार, हिरण्यकश्यपु वध, वराह अवतार, बौद्ध अवतारलगायत धार्मिकग्रन्थका पात्रहरू प्रस्तुत गरिन्छ ।  साथै कार्तिक नाच संरक्षण समितिले जनाएअनुसार, बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिने बताइएको छ ।
त्यसो त सांस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूण मानिएको प्रस्तुत कात्तिक नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काउँनुको अलावा तत्कालीन मल्ल राजाहरु क्रमस सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराउँने गरेको स्थानीयको कथन रहेको पाइन्छ ।