शुक्रबार, बैशाख १४, २०८१

सिमानाकामा जारी नाकाबन्दीको विरोधमा भन्दै विप्लव माओवादीले आव्हान गरेको बन्दका कारण जनजीवन प्रभावित

काठमाडौं मार्ग १३, विप्लव नेतृत्वको नेकपा माओवादीले सिमानाकामा जारी नाकाबन्दीको विरोधमा र भारतको तर्फबाट नेपाल र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप भएको भन्दै आज आव्हान गरिएको नेपाल बन्दका कारण जनजीवन थप प्रभावित भएको छ । एकातर्फ नाकाबन्दीका press-statement-of-maoistकारण सिर्जित इन्धन अभावको समस्या भोग्नु परेपनि चर्को मुल्य तिर्दै पनि आफ्नो काम सम्पादन गर्दै आएका आम नेपालीहरु सवारी नचलेका कारण थप मारमा परेका छन ।
उपत्यकामा खासै प्रभाव नपरे पनि उपत्यका बाहिर प्रभाव परेको छ । उपत्यका भित्रका स्कूलहरु भने बन्द भएका छन् । भारतसँगका असमान सन्धी सम्झौताको खारेजी, संविधान भंग, भारतीय नाकाबन्दी विरुद्ध चन्द नेतृत्वको माओवादीले शनिवार जारी गरेको विज्ञप्तिमा भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको छ । यो भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवम् मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम र देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षस्वरुप बन्दको आव्हान गरिएको जनाएको छ।