शुक्रबार, चैत्र १६, २०८०

साँझ घरघरमा दीपावली सहित सम्पन्नताकी देवीको पूजा गरि लक्ष्मीपूजा मनाइँदै

काठमाडौ कात्तिक २५, आज यमपञ्चकको तेस्रो दिन अर्थात कात्तिक कृष्ण औँसीका दिन आज सम्पन्नtf , धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा को दिन लक्ष्मी 4117_maha-lakshmi1पूजा मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मी खुसी र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यसैकारण आजको साँझ घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।

यसअघि घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरि लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय तथा धार्मिक मान्यता पनि रहेको पाइन्छ ।आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।  विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।