बिहिबार, बैशाख १३, २०८१

सहमति र सहकार्यबाट मुलुकमा दिगो आर्थिक विकासका मार्ग प्रसस्त गर्न दलहरुलाइ राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौ कात्तिक २४ राष्ट्रपति विद्यादेवी भण्डारीले गणेशमान सिंह जन्मशताब्दी वर्षका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन स्मृति शान्ति प्रतिष्ठानले dfsfआज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मुलुकमा तत्काल देखिएका समस्या र असहजतालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सबै राजनीतिक शक्तिको एकता र सहकार्यले निरन्तरता पाउन सकेमा मात्र गणेशमान र अमर सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ । त्यस्तै उहाँले सम्बोधनको क्रममा गणेशमानजीको अधुरा सपना पूरा गर्न थुप्रै कार्य गर्न बाँकी रहेको बताउँदै मुलकमा नयाँ संविधान जारीभइसकेको अवस्थामा अव मुलुकको दिगो आर्थिक विकासका मार्ग प्रसस्त गर्ने जिम्मेवारी दलहरुको काँधमा आएको र यसको लागि सहमति र सहकार्यबाट IMG_8192sjh_roadphotography_ganeshman singh janma satabdi shanti batika_072दलहरु अगाडि बढ्नुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उहाँले प्रतिष्ठानको तर्फबाट लोकतन्त्र र शान्ति प्रक्रियामा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएका पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न राजनीतक दल र सरकारसँग समन्वय र समझदारी गर्दै ऐतिहासिक भूमिका निर्वाह गर्नुभएकोमा पूर्व सभामुख सुवास नेम्वाङलाई अभिनन्दन एवम् सम्मान गर्नुभएको थियो ।  त्यस्तै गरि कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्रान्ति आवश्यक भएको बताउँदै मुलुकमा जारी अघोषित नाकाबन्दी जस्ता समस्याबाट सधैँका लागि पार पाउन आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको थियो भने प्रतिष्ठानका सभापति एवम् काँग्रेस नेता भीमसेनदास प्रधान, काँग्रेस नेता एवम् प्रतिष्ठानका संस्थापक सभापति तीर्थराम डङ्गोललगायतले गणेशमानले लोकतन्त्रका लागि गर्नुभएको योगदानको चर्चा गर्दै मुलुकको अहिलेको समस्या समाधान गर्न सबै दलबीच एकता र सहकार्यकाको आवश्यकता रहेको बताउँनु भएको थियो ।