शुक्रबार, चैत्र १६, २०८०

सरकार र मोर्चावीच आज तेस्रो चरणकोनिर्णायक वार्ता हुँदै,वार्ता विफल भए आन्दोलन चर्काउने मोर्चाको तयारी

काठमाडौं कात्तिक १५, नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका प्रतिनिधी र विगत लामोसमय यता देखि आन्दोलित हुँदै आएका र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज दिउँसो १ बजेपछि परराष्ट्र मन्त्रालयमा तेस्रो चरणको औपचारिक वार्ता हुँदैछ । नयाँ संविधानमा असहमति जनाउँदै तराईमा bartaदुई प्रदेश कायम हुनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने लगायतका माग राख्दै तराई मधेशमा आन्दोलन चर्काइरहेको मोर्चा र सरकारवीच यसअघि पनि पटक पटक वार्ता भएपनि उक्त वार्ता सकारात्मक हुँदै विनानिष्कर्ष टुंगिङगीदै आएको अवस्थामा आजको वार्तालाइ निर्णायक बनाउन भन्दै तेस्रो चरणको औपचारिक वार्ता हुँन लागेको हो ।

सरकार र मोर्चावीचको वार्ता मुलत सिंमाकङनको सवालमा पुगेर अड्केको भएपनि आन्दोलनकारीको माग वमोजिम सरकारी वार्ता टोलीले ठोस प्रस्ताव प्रस्तुत गर्न नसक्दा वार्ता विनानिष्कर्ष टुंगिङगीदै आएको हो।  यद्यपी सरकारी वार्ता टोलीका अनुसार आजको वार्तामा कुनै न कुनै सहमति कायम गर्ने तयारी रहेको बुझिएको छ। त्यस्तै यदि आजको वार्ता पनि ठोस सहमति विना विनानिष्कर्ष टुंगिङए जारी वार्ता भंङग गरेर आन्दोलन चर्काउने तयारी मधेशी मोर्चाले गरिरहेको छ ।  सरकारी टोलीका नेतृत्व गरिरहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आजको वार्ताले केही निष्कर्ष निकाल्नेमा आफूहरु आशावादी भएको बताएका छन्भने मधेशी मोर्चाको वार्ता टोलीका सदस्यहरुले भने सरकार अझै आफ्ना माग पुरा गर्न सकारात्मक नभएको बताउँदै आइरहेका छन ।