बिहिबार, बैशाख १३, २०८१

सरकार र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्तामा लिखित प्रतिबद्धता व्यक्त

काठमाडौ कात्तिक १५,  सरकारी वार्ता टोली र संयुक्त मधेसी मोर्चाबीच आज साँझ सङ्घीय समाजवादी फोरम, नेपालको कार्यालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले आन्दोलित दल मधेसी मोर्चाको तर्फबाट प्रस्तुत माग सरकारको तर्फबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आजको वार्तामा सरकारी वार्ता टोलीले bartaमधेस आन्दोलनका क्रममा घाइतेको उपचार, मृतकलाई क्षतिपूर्ति दिने र झुठा मुद्दा फिर्ता लिने विषयमा सरकारले लिखित प्रतिबद्धता जनाएको छ ।

तर सीमाङ्कनको विषयमा भने विषय प्रवेस मात्र गरेको बताईएको छ । यद्यपी सीमाङ्कन विषय उच्चस्तरको समिति गठन गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेससमेतको सहभागितामा अर्को वार्तामा बस्ने सहमति भएको छ । यसअघि बिना निश्कर्ष टुंगिदै आएको सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बीचको वार्तामा सरकारी वार्ता टोलीका संयोजक कमल थापाले मधेशी मोर्चाको मागबारे सरकारले गरेको तयारी लिखित रुपमा बुझाएका थिए ।