शुक्रबार, बैशाख १४, २०८१

सरकारले जनताको चाहनालाई सम्बोधन गर्नु पर्ने काँग्रेस कावा सभापति पौडेलको जिकिर

काठमाडौ मार्ग २,  नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले छठपर्वको अवसरमा मङगलवार रानीपोखरी पुगी आज साँझ अस्ताउँदो सूर्यदेवको Ram-Chandra-Paudel1पूजाअर्चना सहित मुलुकमा आएको असहजतालाई सबै मिलेर निकास दिनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै उहाँले सरकारले जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने बताउँदै प्रदेशको सीमाङ्कनको विषयमा दलहरूबीच छलफल भइरहेको जानकारी दिदै आज हुँने मधेसीदलसंगको वार्ता सकारात्मक हुँने विस्वास व्यक्त गर्नु भएको छ।

छठपर्वको अवसरमा कामपाले रानीपोखरीको विशेष सरसफाइका साथै ध्वजापताका र रङ्गीचङ्गी बत्ती तथा पानीका फोहराले व्यवस्थापन गरेको जानकारी दिदै कामपाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले छठ पर्वले मुलुकमा सबै जाति तथा समुदायबीच एकता तथा सामाजिक सद्भाव कायम गर्ने अपेक्षा व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।