शुक्रबार, चैत्र १६, २०८०

सभापति कोइरालाद्वारा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

काठमाडौ कात्तिक १८ , पूर्व प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइरालाले मङ्गलबार रसुवाको राम्चे–३ स्थित ग्राङमा भएको बस दुर्घटनामा परी ज्यान pm10गुमाएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ ।

सभापति कोइरालाले आज एक शोक वक्तव्य जारी गर्दै सभापति कोइरालाले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्त गुमाएका परिवारजन र स्वजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा आफन्त गुमाएका पीडित परिवारलाई उचित राहतसहित घाइतेको स्वास्थ्योपचारमा ध्यान दिन सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।