शुक्रबार, चैत्र १६, २०८०

सञ्चारमन्त्री राईद्वारा पहिलो चरण ५५४ जना पत्रकारको दुर्घटना बिमा गरिएको उद्घोष

काठमाडौ मार्ग १०,  सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त सहकार्यमा सुरु गरिएको पत्रकार दुर्घटना बिमा कार्यक्रमको आज  सञ्चारग्राममा DSC_3641[1]आयोजित एक कार्यक्रमकावीच सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको छ ।  प्रस्तुत श्रमजीवी पत्रकार विमा कार्यक्रमको सुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री राईले पत्रकार दुर्घटना बिमा निर्देशिका २०७० बमोजिम सूचना विभागबाट जारी गरिएको प्रेस पास र नेपाल पत्रकार महासङ्बाट सदस्यता प्राप्त गरेका ५५४ जना पत्रकारको पहिलो चरणको पत्रकार बिमा आजदेखि लागू भएको घोषणा गर्नु भएको हो । त्यस्तै मन्त्री राईले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारले खेलेको भूमिकाको तारिफ गर्दै निकट भविश्यमा श्रमजिवी पत्रकारले प्रयोग गर्दै आएका सञ्चार सामग्रीको समेत बिमा गरिने सो अवसरमा जानकारी दिनु भएको छ ।

mansir about patrakar bimaत्यस्तै पत्रकार विमा सुभारम्भ कार्यक्रममा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले श्रमजिवी पत्रकारका लागि छुट्याइएको रु पाँच लाख रकम पर्याप्त नभएपनि पत्रकार दुर्घटना बिमाले खोजमुलक पत्रकारितामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दोस्रो चरणमा चाँडै थप बीमा घोषणा गरिने जानकारी दिनु भएको  थियो  भने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजिवी पत्रकारका लागि आकर्षण पारिश्रमिक नभएको भन्दै राज्यले यसका लागि ध्यान दिनु आवश्यक रहेको बताउँदै विगत लामो समय देखि पत्रकारिता पेशामा रहेका ज्येष्ठ पत्रकारका लागि राज्यले केही रकम छुट्याउनु आवश्यक रहेको बताउँदै मधेसमा जारी आन्दोलनले थुप्रै पत्रकारहरू आन्दोलनको शिकार बनेको भन्दै यसलाई राज्यले विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभएको थियो ।

एनएलजी इन्स्योरेन्स कम्पनीले कम बिमा DSC_3626[1]शुल्क रु ३३९ मा पत्रकार दुर्घटना बिमा गरेको छ जसमा पत्रकार दुर्घटना बीमा एक वर्षको लागि रु पाँच लाखसम्म र दुर्घटनापछि उपचारका लागि रु दुई लाखसम्मको व्यवस्था गरेको छ । त्यस्तै बिमित व्यक्तिको मृत्यु भएमा, स्थायीरूपले पूर्ण वा आंशिकरूपमा अशक्त भएमा, दुर्घटनाको कारण उपचार गराउनुपर्ने भएमा बिमितले लाभ प्राप्त गर्ने निर्देशिकामा व्यवस्था छ । बिमा योजनाअन्तर्गत प्रत्येक बिमित पत्रकारको बीमा शुल्कको ७५ प्रतिशत सरकारी कोषबाट र २५ प्रतिशत नेपाल पत्रकार महासङ्घमार्फत सम्बन्धित व्यक्तिबाट व्यहोरिएको  महासंघद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

 त्यस्तै  विज्ञप्तिमा प्रतिव्यक्ति वार्षिक प्रिमियम रु ३३९ मध्ये सरकारी कोषबाट रु २५४ र महासङ्घबाट रु ८४ व्यहोरिनेछ ।  विमा कार्यक्रमको पहिलो चरणमा आज महासङ्घमा विवरण प्राप्त भई नेपाल सरकार सूचना विभागबाट प्रक्रिया पूरा गरी स्वीकृत गरिएका ५५४ जना श्रमजीवी पत्रकारको बीमा गरिएको छ । विमित हुनका लागि सूचना विभागबाट जारी प्रेस पास र महासङ्घ सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान कायम गरिएको उल्लेख छ ।  यसैक्रममा  महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमले बीमा कार्यक्रम जारी रहेकोले यसमा सहभागी हुन अन्य पत्रकारहरूलाई पनि आहृवान गर्नुभएको छ ।