शुक्रबार, चैत्र १६, २०८०

सञ्चारकर्मीलाइ निश्चित मापदण्ड तोक्दै सोमवारबाट इन्धन उपलब्ध गराउने मन्त्री पुनको प्रतिवद्धता

काठमाडौ कात्तिक १५ , मुलुकमा भारतीय सरकारको अघोषित नाकाबन्दीका कारण जारी इन्धनको चरम अभावबाट सञ्चारजगत समेत नराम्ररी प्रभावित हुनुको अलावा दैनिकी कार्य सम्पादन समेत प्रभावित भएको अवस्थालाइ दृष्टिगत गर्दै पत्रकार महासङ्घ काठमाडौले आज वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान 123 321पुनलाई भेटी इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

महासङ्घ काठमाडौका अध्यक्ष गोविन्द चौलागाईको नेतृत्वमा महासंघका उपाध्यक्ष श्रीजन झा ,सचिव रामकृष्ण अधिकारी, कोषाध्यक्ष सीता पोखरेल, सहसचिव ज्ञानप्रसाद वास्तोला, उपत्यका इन्चार्जद्दय इश्वरी वाग्ले रामहरी सिलवाल सहितको विभिन्न  सञ्चारमाध्यमा कार्यरत श्रमजीवी संचारकर्मीहरुको प्रतिनिधीमण्डलले मन्त्री पुनसंग अन्तरसंवाद सहित सञ्चार जगतकोलागि लागि निश्चित पेट्रोल पम्प तोकेर भए पनि इन्धन उपलब्ध गराउन आग्रह सहितको ज्ञापनपत्र समेत बुझाएको थियो ।

त्यस्तै महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले निश्चित मापदण्ड अन्र्तगत नेपाल सरकारको सूचना विभागबाट जारी प्रेस पास तथा महासङ्घको सदस्यताका आधारमा सञ्चारकर्मीलाई साप्ताहिक रुपमा सोमबारबाट सञ्चारकर्मीलाई सहजरूपमा राजधानीका कुनै एक ट्रोल पम्पबाट इन्धन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।