बिहिबार, बैशाख १३, २०८१

सञ्चारकर्मीलाइ इन्धन उपलब्ध गराउँन प्रतिवद्ध छु :मन्त्री पुन

काठमाडौं कात्तिक १६ , भारतले नाकाबन्दी गरेपछि नेपालमा इन्धन संकट बढेको र नेपाली जनताले दुःख पाएको स्मरण गराउँदै यस दुःखद् घडीमा पनि news8[ ]पत्रकारहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको स्मरण गराउँदै राष्ट्रिय अनलाइन पत्रकार संघले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सहितको समूहले बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले प्रक्रिया मिलाएर केहि दिन भित्र नै पत्रकारहरूलाई इन्धन उपलब्ध गराइने बचन दिनुभएको छ ।  साथै सङघले यस्तो कठिन अबस्थामा बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी समाल्नु भएकोमा मन्त्री पुनलाइ उहाँको कार्यकाल सफल होस भन्ने शुुभकामना समेत ब्यक्त गरेको थियो ।