बिहिबार, बैशाख १३, २०८१

संविधान संशोधनको प्रस्ताव तथा राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग

काँग्रेस केन्द्रीय समितिको बैठक :

केपी ओली नेतृत्वको गठबन्धन सरकारले  भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण प्रयोजनका लागि कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठनसम्बन्धी विधेयकलाई अल्मल्याउने षड्यन्त्र गरेको आरोप

काठमाडौ कात्तिक १९, नेपाली काँग्रेसले गत कात्तिक १५ गतेदेखि जारी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै लोकतान्त्रिक प्रक्रिया अन्तर्गत हालै congressसम्पन्न प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरिएकाले चुनावी प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिन आग्रह गर्दै यसअघि काँग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने तथा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संविधान संशोधनको प्रस्ताव अविलम्ब पारित गराउन सरकारसँग माग गरेको छ ।

त्यस्तै चार दिन सम्म निरन्तर जारी काँग्रेस केन्द्रीय सममितको बैठकले मधेसकेन्द्रित दलहरुको आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीर ढङ्गबाट वार्ता प्रक्रियालाई निर्णयमा पु- याउन माग गर्नुको अलावा संविधान संशोधन प्रस्ताव पारित गराउन संसद्भित्र र बाहिर प्रभावकारी र दबाबमूलक भूमिका खेल्ने समेत बैठकले निर्णय गरेको छ । साथै बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारले  भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण प्रयोजनका लागि कांग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित प्राधिकरण गठनसम्बन्धी विधेयकलाई अल्मल्याउने षड्यन्त्र गरेको आरोप लगाउँदै सो विधेयक तत्काल पारित गरी प्रभावित क्षेत्रमा राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।