शुक्रबार, चैत्र १६, २०८०

संविधान संशोधनका लागि काँग्रेसको सहयोग रहन्छ : सभापति कोइराला

काठमाडौ कात्तिक २०, नियममित स्वास्थ्य परिक्षणको लागि अमेरिका प्रस्थान गर्नु पूर्व नेपाली काँग्रेसका सभापति सुशील कोइराला आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकमा संविधान जारी भएपछि उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट समाधान Susil-koiralaदिनुपर्ने बताउँदै मधेसवादीदलले राखेका सकारात्मक मागलाई संविधान संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै यसका लागि काँग्रेसको सहयोग रहने बताउँनु भएको छ।

त्यस्तै समानुपातिक र समावेशिताका विषय र हाल कायम हरेक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणका विषयलाई सम्बोधन गर्न संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन सरकार तत्काल लाग्नु पर्नेमा विशृष जोड दिदै पूर्व प्रम एवम् काँग्रेस सभापति कोइरालाले महाभूकम्पले पुयाएको क्षतिको पूर्ननिर्माणको काम अगाडि नबढेकोमा असन्तोष व्यक्त गर्नु भएको थियो । सभापति कोइरालाल आज साँझ कतार एयरवेजबाट अमेरिका जानुभएको छ ।