शुक्रबार, बैशाख ७, २०८१

संविधानको पहिलो संशोधन विधेयक आन्दोलित मधेसवादी दलको सहमतिमानै पारित गर्ने प्रमुख दलको निर्णय

काठमाडौँ मार्ग ७, एमाले अध्यक्ष  एवम  प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख प्रतिपक्षीदल काँग्रेस सहितको उपस्थितीमा आइतवार भएको सर्वदलीय बैठकको निष्कर्ष अनुरुप आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मुख दलहरुको बैठकमा मधेसमा जारी आन्दोलन तथा यस अघि काँग्रस सभापति सुशील कोईला नेतृत्वको सरकारले गत आश्विन २० गते व्यस्थापिका–संसद्मा दर्ता गराएको संविधानको पहिलो संशोधन विधेयक प्रस्ताव मधेसवादी दलको सहमतिमा नै पारित गर्ने सवालमा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस तयार भएका छन् ।

त्यस्तै बैठकमा वार्ता र संवादका आधारमा तराई मधेसमा देखिएको समस्यालाइ राष्ट्रिय समस्याको रुपमा स्वीकार गर्दै समाधानको मार्ग पहिल्याउँन दलहरु तयार भएको उल्लेख गर्दै प्रमुख दलको बैठकले संशोधन विधेयकमा समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्नेलगायतका विषय समेटिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि बंठकले मधेसी मोर्चामा आबद्ध दलले भने सो संशोधन प्रस्ताव अपूरो र अधुरो रहेको भन्दै असहमति रहेको बताउँदै आइरहेका अवस्थालाइ दृष्टिगत गर्दै मधेसवादी दलहरुसँग सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलले छुट्टाछुट्टै छलफल गर्ने र प्राप्त हुने निष्कर्षका आधारमा पुनः द्विपक्षीय छलफल गर्ने निष्कर्ष निकालेको सहमति बनाएको बुझिएको छ। आजको बैठकमा नेकपा एमाले , एमाओवादी र प्रमुख प्रतिपक्षी दल नेकाका शीर्षनेताको सहभागिता थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031