बिहिबार, चैत्र १५, २०८०

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी,हिंसात्मक कार्य गर्नेमाथि गोली हान्ने आदेश

वीरगञ्ज कार्तिक १६, मधेसी मोर्चाद्दारा जारी आन्दोलनको क्रममा मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएको विरोधमा अहिले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ ।   आज नाका खुलाउँने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोधमा   प्रदर्शनकारीले  सुरु गरेको   आन्दोलनका कारण    सिर्जना भएको जिल्ला प्रशासन कार्यालय पर्सा  तनावलाइ दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठक पछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

आज अर्को आदेश नभएसम्मका लागि भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम जारी निषेधाज्ञा अन्र्तगत नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नयाँ बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्र रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।  साथै निषेधाज्ञा जारी क्षेत्रमा कुनैपनि हुहुज्जत गर्न नपाइने र उदि त्यस्तो स्थिती आएका सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्नुको अलावा हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्ने आदेश प्रत्यायोजित गरिएको छ ।