शुक्रबार, चैत्र १६, २०८०

वार कि पारको निर्णायक आन्दोलनका् रणनीति बनाउन मधेसी मोर्चा विशेष बैठकमा

प्रमुख प्रतिपक्षीदल काँग्रेसको उपस्थिती विना सत्ताघटकसंग वार्तामा बस्ने नहुँने मोर्चा वृतमा आवाज मुखरित

   वार्ता ठोस प्रस्तावको लागि हो, गठबन्धन सरकारका प्रनिनिधीसंग चिया र विस्कुट सडकमानै खानसकिने त्यसको लागि वार्ताको टेवल आवश्यक छैन : मोर्चा

काठमाडौं मार्ग ३, बुधवार गठबन्धन सरकारसंग भएको वार्ता चिया र विस्कुटमा मात्र सिमित भएपछि निर्णायक आन्दोलनको तयारीका लागि भन्दै नयाँ  रणनीति बनाउन मेधेसी मोर्चाको आज विशेष बैठक बस्दैछ । सिंहदरबारमा बस्ने तय गरिएको बैठकमा उक्त बैठकमा बुधवारको बैठकमा सत्ताघटकको तर्फबाट प्रस्तुत अवधारणा माथि घनिभूत छलफल गर्दै मधेसमा जारी आन्दोलनलाइ नयाँ एवम् उच्चतहबाट निर्णायक बनाउने सवालमा समेत छलफल हुँने बताईएको छ ।  त्यसो त मधेसमा दुई प्रदेश, जनसंख्याका आधारमा नागरिकतालगायतका विषयमा मोर्चाले अपनाउन सक्ने लचकताका विषयमा पनि सत्ता पक्ष लचिललो भएको मोर्चाकै एकघटककोतर्फबाट अभिव्यक्ति पनि नआएको भने होइन । त्यस्तै अव कुनै पनि वार्तामा प्रमुख प्रतिपक्षीदल काँग्रेसको उपस्थिती विना सत्ता घटकसंग वार्तामा बस्ने नहुँने मोर्चा वृतमा आवाज पनि मुखरित भएको बुझिएको छ ।  काँग्रेसको उपस्थिती नभएका कारण हिजोको वार्ता विना निष्कर्ष सकिएको पनि मोर्चाका केहि नेताहरुले पहिल्याएको बुझिएको छ। यद्यपी मोर्चा आवद्ध नेताहरुले अव सत्ता पक्षसंग हुँने वार्तामा प्रमुख प्रतिपक्षीदल सहित ठोस प्रस्तावमा केन्द्रीत हुँने र त्यसबाट पनि कुनै निकास नआए कि वार कि पार को निर्णायक आन्दोलनबाट मुलकुमा नयाँ तरङग सिर्जना गर्ने गरि आन्दोलनको प्रारुप तय गर्ने मेसोमा रहेको बुझिएको छ।