बिहिबार, चैत्र १५, २०८०

राप्रपाका नेतात्रयवीच चक्रिय प्रणाली अन्र्तगत पार्टी नेतृत्व गर्ने भद्र सहमति

काठमाडौ मार्ग ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो वैधानिकता र नेतृत्वसम्बन्धी सिर्जित विवाद आज देसख समाधान भएको छ पार्टीका तीन शीर्ष नेताहरू लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीवीच भद्र भएको सहमति अनुरुप चक्रिय प्रणाली अनुसार एक/एक वर्ष पालैपालो पार्टीको नेतृत्व 3 rapra paगर्ने सहमति बनेपछि विवाद समाधान भएको हो ।
एकातर्फ भद्र सहमति हर्को तर्फ कार्यकर्ताको दबाब, एकता महाधिवेशनको भावना एवम् समझदारीलाई स्वीकार्दै अबको समयमा पार्टी नेतृत्व गर्दै अध्यक्ष पदको जिम्मेवारी पहिलो चरणमा एक वर्षका लागि लोकन्द्र बहादुर चन्द, दोस्रोमा पशुपति शमशेर राणा र तेस्रोमा डा प्रकाशचन्द्र लोहनीले अध्यक्षता ग्रहण गर्ने सहमतिका कायम गरिएको छ।  राप्रपा को भद्र सहमतिको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दुवै नेताहरुले पार्टी एकताको खाँचो औँल्याउँदै यस्तो सहमति गरिएको जनाउ दिनु भएको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा लाकेन्द्र बहादुर चन्दले हमबडाको खेलका पार्टी सदैव पछि पर्दै आएको सत्यतालाइ मनन गर्दै यस किसिमको सहमति कायम गर्दै राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रका लागि एकाकार बन्ने प्रयासको सुभारम्भ भएको बताउँनु भएको थियो भने पशुपति सम्शेर राणाले यथाशीघ्र बैठक बोलाइ आफूले राजीनामा दिएर सहमति भएअनुसार नेता चन्दलाई अध्यक्षता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।