शुक्रबार, बैशाख १४, २०८१

राज्यविरुद्धको अपराध लागेका कप्तान थापासहित चार खेलाडी र एक प्रशिक्षक धरौटीमा रिहा

काठमाडौ कात्तिक २४, गत आश्विन २७ गते म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक bises-adalat2 match_fixingप्रशिक्षकलाइ महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्दै कानुनी प्रक्रिया अनुरुप राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए ।

तर विशेष अदालतले आरोपीको पक्षमा निर्णय गर्दै हिरासतमा राख्न निर्णय गरेपछि २८ दिन पछि राज्यविरुद्धको अपराध आरोप लागेका पांच जना खेलाडीहरु अदालतले तोकेको धरौटी रकम बुझाएर आजै थुनामुक्त भएका छन्। अदालतले थुनछेकको बहसपछि पूर्व प्रशिक्षक अन्जन केसी र खेलाडी रितेश थापालाई जनही पांच पांच लाख रुपियाँ, कप्तान सागर थापालाई एक लाख पचास हजार रुपियाँ तथा सन्दिप राई र विकास सिंह क्षेत्रीलाई ५०र५० हजार रुपैँया धरौटी रकम बुझाउन आदेश दिएको थियो।