बिहिबार, चैत्र १५, २०८०

मेरो नाम उछालेर आफ्नो स्वार्थपूर्तिको असफल प्रयास गर्छन भने मेरो भन्नु केहि छैन :

 : दिपक मलहोत्रा, कार्यकारी अध्यक्ष आइएमएस प्रा.लि

आजभन्दा करिब ३ दशक अगाडि राजधानीको न्यूरोडमा सानो पसलबाट व्यापारिक यात्रा सुरु गर्नुभएका इन्टिग्रेटेड मोबिलिटी सोलुसन अर्थात आइएमएस प्रालिका अध्यक्ष दिपक मलहोत्रा राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय व्यापारिक जगतकामा समेत स्थापित एक लोकप्रिय व्यापारी हुनुहन्छ । त्यसो त दिपक मलहोत्रा भन्ने वित्तिकै सामसुङ मोबाइलको नाम जो कोहि नेपालीको दिलोदिमागमा प्रतिस्थापित हुने गरेको छ । पछिल्लो समयमा सामसुङ स्मार्टफोनको बढ्दो प्रयोग र यसको लोकप्रियतासंगै उहाँको चर्चा परिचर्चा पनि दिनानुदिन बढ्दो रहेको छ।  त्यसो् त दक्षिण कोरियाबाट उत्पादित सामसुङ मोबाईल फोनको नेपालका लागि आधिकारिक विक्रेता आइएमएस र यसका कार्यकारी अध्यक्ष दिपक मलहोत्रा नेपाली बजारमा प्रचलित मोबाईल कम्पनीमध्ये सरकारलाई सबैभन्दा बढी कर बुझाउने कम्पनीको रुपमा समेत परिचित रहेको छ ।
अहिले न्युनतम   १ हजार ८ सय रुपैयाँदेखि ९४ हजार मूल्यसम्मको मोवाइल विक्री वितरण गर्दै आइरहेका उहाँले उद्देश्य के लिनु उडी चन्द्र छुनु भनेजस्तै सामसुङ मोबाइल वाहेक अपार्टमेन्ट, हस्पिटल ज्वेलरीको समेत व्यवसाय गर्दै विगत देखि वर्तमानमा समेत एक सफल व्यवसायीका रुपमा क्रियाशील रहदै आउँनु भएको  छ ।  साथै  यसवीचमा अन्तराष्ट्रिय विमानस्थल एयरपोर्टमा अराइबल पार्क निर्माणको प्राय कार्य सम्पन्न गरिसकेको छन । समग्रमा भन्नु पर्दा एक सफल व्यवसायीवाट सफल उद्यमीको पदचापमा लम्कदै गरेका दिपक मलहोत्रा यदाकदा सुन व्यवसायका कारण विवादास्पद चर्चाको चरम चुलीमा रहने गरेको प्रसंग उठान गर्दा उहाँले कसैले मेरो नाम उछालेर आफ्नो स्वार्थपूर्तिको असफल प्रयास गर्छन भने त्यसमा मेरो भन्नु केहि नभएको बताउँनु हुन्छ । साथै यदि त्यस्तो हो भने किटानी सहित यहाँ यो् बदमासी भयो भनेर भन्ने आँट गर्नु पर्छ नकि पर्दा पछाडि बसेर फलानो यो गर्यो त्यो गर्यो भन्नु भन्दा पनि  प्रमाणिक आधार सहित आरोप  प्रमाणित गर्न पनि खुला चुनौती   दिदै  पत्रकारिता जगतले पनि मुलुक  प्रतिको दायित्व अन्र्तगत यावत विकृति विसङगतीको  निवारणमा भूमिका खेल्नु पर्नेमा त्यो स्थिती बन्न नसकेको  बताउँनुहुन्छ ।

त्यस्तै कुनै पनि वस्तुको व्यापार भनेको राष्ट्रको मेरुदण्ड भएको विचार अभिव्यक्त गर्नु हुने मलहोत्राले नेपालमा व्यापार जगतका लागि राज्यको तर्फबाट कुनै पनि नीतिनियम निर्देशिका जारी गर्दा उद्योग र व्यापार फस्टाउँने किसिमको हुनु पर्ने जिकिर गर्दै यसवीचमा कतिपय उद्योग र व्यवसाय राज्यको तर्फबाट जारी गलत निर्देशिका कारण ध्वस्त भएको  प्रत्यक्ष देख्न परेको अनुभव सुनाउँनु हुन्छ ।त्यसकारण व्यापारिक जगतका लागि लक्षित निर्देशिका जारी गर्दा एकपटक उद्योगी र व्यापारीसँग छलफल गरेर ल्याउँदा राम्रो हुने उहाँको अभिमत रहेको  छ ।

“आरोप लगाए जस्तै प्रमाणित गर्न चुनौती दिन्छु”

त्यस्तै गरि एकातर्फ मुलुकमा स्थिर सरकार नहुँदा बढ्दो अराजकता त्यसमाथि पनि लोडसेडिसेडिङका कारण आशातित रुपमा व्ययापार व्यवसाय फस्टाउँन नसकिरहेको अवस्थाकावीच पनि व्यापारिक जगतले निर्वाह गर्दै आइरहेको भूमिका आफैमा सकारात्मक सन्देशको पर्यावाची भएको बताउँदै मुलुकमा विद्यमान  यि र यस्ता तमाम अभाव  anup_20150804_13प्रति चिन्तित व्यवसायी मलहोत्राले कुराकानीको दौरान बढ्दो युवाशक्तिको विदेश पलायनलाइ रोक्न पनि यहा उपलब्ध स्रोत साधनको समूचित प्रयोग गर्दै उद्योग व्यवासया सञ्चालन गरिनु पर्ने र यसको लागि पनि स्थिर सरकारको आवश्यकता रहेको धारणा अभिव्यक्त गर्नुहुन्छ ।

मुलकमा शान्तिसुरक्षा र स्थिर सरकार भयो भने धेरै संभावनाका ढोका खोलिने बताउँनु हुने व्यवसायी मलहोत्रा केहि समय अघि भएको एक ठूलो विमान दुर्घटना र त्यसपछि गत बैशाख १२ को महाभूकम्पले आम नेपालीहरुलाइ ठूलो नैतिक शिक्षा दिएको बताउँनु हुन्छ । साथै उहाले कुराकानी क्रममा भने भगवानको अपार कृपाका कारण नै हामीले नयाँ जीवन पायौ । यसै प्रसंगमा उहाँसंग मुलुकको व्यापारिक जगतको अवस्था विवाद,विचार, राजश्व छली र व्यापारिक सफलता लगायतका विषय वस्तुमा केन्द्रीत रहेर गरिएको भिडियो वार्ता यहाँ प्रस्तुत गरेका छौं ।

कान्तिपुर हटलाइनका लागि प्रस्तुत भिडियो वार्ता: केहि समय अगाडि लिइएको हो । तर प्राविधिक कारणवस अपलोड हुन नसकेकोमा क्षमा प्रार्थी सहित विस्तृत वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । (-स)