शनिबार, बैशाख ८, २०८१

मुलुकको विद्यमान आर्थिक अवस्था र सरकारको भावी कार्यदिशाकाबारे श्वेतपत्र जारी गर्ने म.प बैठकको निर्णय

  • भूकम्प प्रभावित जनतालाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरिने 

  • आठ अतिरिक्त प्रहरी महानिरीक्षकको सरुवा

  • जनताको संविधान जनताकै माझमा भन्ने एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने

      काठमाडौं मार्ग ८, मन्त्रिपरिषद्को आजको बैठकले मुलुकको विद्यमान आर्थिक अवस्था र सरकारको भावी कार्यदिशाका बारे अर्थ मन्त्रालय मार्फत श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मधेस केन्द्रित बन्द हडताल, नाकाबन्दी आदि कारणले सिर्जित परिस्थिती र त्यसले अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर राखेर श्वेत mantriparisadजारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन एवम् सञ्चारमन्त्री शेरधनराईले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गत कािित्तक २९ गते गर्नु भएको सम्बोधनमा भूकम्प प्रभावित क्षेत्रका जनतालाई ‘न्यानो दिने’ सवालमा गर्नु भएको प्रतिबद्धता अनुरुप भूकम्प प्रभावित जनतालाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले जनताको संविधान जनताकै माझमा भन्ने एक महिने राष्ट्रिय विशेष अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुने जानकारी दिदै सरकार प्रवक्ता राईले ज्येष्ठ नागरिकलाई उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्तालाई छिटो छरितो र सुलभ ढङ्गले उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गर्नुको अलावा आठ अतिरिक्त प्रहरी महानिरीक्षकको सरुवा गरेको जानकारी दिनु भएको छ । आज सरुवा गरिएका ८ जना अतिरिक्त प्रहरी महानिरीक्षकहरुमा अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी महानिरीक्षकको कार्यालयमा दरबन्दी रहनेगरी विशेष पद सिर्जना गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा सरुवा गरिएको छ भने सुरेन्द्रबहादुर शाहलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, विज्ञानराज शर्मा अपराध अनुसन्धान महाशाखामा, प्रतापसिंह थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा, वीरेन्द्रबाबु श्रेष्ठ मानस्रोत विकास विभागमा, रमेशशेखर वज्रचार्य प्रशासन विभागमा, केदारप्रसाद साउँद कार्यविभागमा र गणेशराज राई प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा गरेको जानकारी दिनुभएको छ ।