शुक्रबार, चैत्र १६, २०८०

मुलुकको आवश्यकता भनेको आर्थिक विकास र समृद्धि : उपराष्ट्रपति पुन

काठमाडौ कात्तिक २५ ,उपराष्ट्रपति नन्दबहादुर पुनले शुभ दीपावली, नेपाल सम्बत नव वर्ष ११३६ तथा छठ पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीहरुमा नन्दकिशोर पुनशुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज दिनु भएको शुभकामना सन्देशमा नेपाल धार्मिक र सांस्कृतिकरुपमा विविधता भएको मुलुक भएको उल्लेख गर्दै यस घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उत्तरोत्तर प्रगतिको कामनाका साथै शुभेच्छा व्यक्त गर्नुको अलावा संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा मुलुकको आवश्यकता भनेको द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै सन्देशमा सिङ्गो नेपाली जनताको एकता र सहकार्यबाट देशले विद्यमान कठिनाई र चुनौतीहरुको सामना गरी अघि बढ्न शुभ दिपावली, नेपाल सम्बत एवम् छठ पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।