शुक्रबार, चैत्र १६, २०८०

मुलकमा जारी समस्या दलविशेषको नभइ राष्ट्रिय समस्या भएको सर्वदलीय बैठकको ठहर

 मधेस मुद्धामा साझा अवधारणा बनाउन प्रमुख प्रतिपक्षीदल कांग्रेस पनि सहमत

काठमाडौ मार्ग ६, प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज साँझ विगत लामो समय देखि जारी मधेस आन्दोलन र यसवीचमा नै भारतीय पक्षको तर्फबाट three partyनेपालको सिमानाकामा गरिएको अभोषित नाकाबन्दी कारण उतपन्न जटिल परिस्थतीको सम्बोधनका लागि भन्दै व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने प्रमुख प्रतिपक्षीदल काँग्रेस सहित अन्य पार्टीका नेताहरुवीच साझा धारणा बनाउ भन्दै बसेको सर्वदलीय बैठकमा मुलुकमा जारी समस्या दल विशेषको नभइ राष्ट्रिय समस्या भएको यर्थाथता पहिचान गरिएको पनि ठोस निष्कर्ष विनानै सकिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मधेसमा जारी आन्दोलन र संविधान संशोधनका विषय, आपूर्ति व्यवस्थामा देखिएको असहजता, भारतबाट आपूर्ति र पारवहनमा भइरहेको अवरोधका विषयमा प्रधानमन्त्रीले सबै दलको साझा धारणा बनाएर जान प्रस्ताव गर्दै गर्दा प्रम ओलीको प्रस्ताव अन्र्तगत मधेस मुद्धामा साझा अवधारणा बनाउन प्रमुख पैतिपक्षीदल कांग्रेस पनि सहमत भएको छ । तर पनि बैठकमा सहभागी नेताहरुले प्रमुख दलका शीर्ष नेतासँग फेरि बैठक बसेर थप छलफल गर्नु पर्ने र यसको लागि ठोस निष्कर्ष निकाल्ने गरी फेरि तुरुन्त अर्को छलफल गर्ने सहमति गर्दै बैठक टुङगीएको थियो । आजको बैठकमा प्रम ओली, कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल एमाओवादी अध्यक्ष प्रचण्ड एमालेका नेता झलनाथ खलाल, काँग्रेस नेता रामशरण महत , राप्रपाका  अध्यक्ष पशुपति समशेर राणा सत्तासाझेदार दलका नेताहरु नेमकिपाका नेता प्रेम सुवाल सहित उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, त्यस्तै गरि अर्का उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापासहितका मन्त्री तथा सत्तापक्षीय नेताहरु, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेवा पार्टीका केशवमान शाक्य लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।