शुक्रबार, बैशाख ७, २०८१

महासंघद्दारा रेडियो परासीमा भएको बम प्रहार घटनाको भत्र्सना

  काठमाडौं मार्ग १०, नेपाल पत्रकार महासंघले नवलपरासीको सामुदायिक रेडियो परासीमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मार्ग ९ गते राति १० बजेतिर रेडियोलाई लक्षित गरी प्रहार गरेको पेट्रोल बम आक्रमणबाट रेडियोको release 10 mansir parasi fmकम्पाउण्डमा रहेको मोटरसाइकल पूर्णरूपमा जलेको महासंघले महासंद्दको नवलपरासी शाखालाइ उदृत गर्दै आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वतन्त्र रूपमा सञ्चालनमा रहेको रेडियोलाई लक्षित गरी भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै महासंघले पत्रकार र सञ्चारगृहको सुरक्षालाई थप जटिल बनाउने प्रस्तुत घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कारबाही गर्न एवम पत्रकार र सञ्चारगृहमा हुने यस्ताखाले घटना रोकी प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

 यसैबीच बम प्रहारको  घटना पछि    रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031