काठमाडौ कात्तिक १६, मुलकमा जारी इन्धनको चरम अभावलाइ सम्बोधन गर्दै वितरण प्रणालीमा चुस्तता ल्याउँन भन्दै सरकारले संयन्त्र बनाएको छ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी यस किसिमको संयन्त्र बनाएको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा गठन गरिएको उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेने बताइएको छ। संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भन्ने लगायतका तथाङक राख्दै वितरण प्रणालीलाइ चुसस्ता दिइने बताइएको छ।