शुक्रबार, चैत्र १६, २०८०

मन्त्रीपरिषद बैठकद्दारा १४ सचिवको सरुवा,गृहको जिम्मा मलेगोलाइ र अर्थमा रेग्मी

काठमाडौं मार्ग ३ , नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले विभिन्न् मन्त्रालयका १४ सचिवको सरुवा सहित मन्त्रालय हेरफेर गरेको छ । आजको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृह मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्दै आइरहेको सूर्य mantriparisadसिलवालको ठाउँमा लाई प्रधानमन्त्री कार्यालयबाट नारायणगोपाल मलेगोलाई लगिएको छ । यसअघि गृह सचिव रहेका सूर्य सिलवाललाई भुमिसुधारमा तथा व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै गरि सुमनप्रसाद शर्मा अर्थ मन्त्रालयबाट उर्जा मन्त्रालयमा पुगेका छन् । लोकदर्शन रेग्मीलाइ भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी शरदराज बिष्ट क्षेत्रीय प्रशासकबाट राष्ट्रिय सूचना आयोगमा, लक्ष्मण मैनाली राष्ट्रिय सूचना आयोगबाट युवा तथा खेलकुद मन्त्रालयमा, रमेशकुमार शर्मा महालेखा परिक्षकको कार्यालयमा, बिजयकुमार मल्लिक प्रधानमन्त्री कार्यालयमा, उदयचन्द्र ठाकुर वनमन्त्रालय सरुवा भएका छन् भने अतिरिक्त समूहबाट धनबहादुर तामाङलाइ उर्जा आयोगमा, राजेन्द्र किशोर क्षेत्री उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् ।
मधुप्रसाद रेग्मी वन तथा भु– संरक्षण मन्त्रालयबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा, दिपेन्द्र नाथ शर्मा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा,इश्वरी प्रसाद पौडेल रक्षा मन्त्रालयबाट शान्ति तथा पुननिर्माण मन्त्रालयमा सरुवा गरिएको छ ।