मङ्लबार, बैशाख ११, २०८१

भान्टाबारी गोलीकाण्डको भत्र्सना,सप्तरी घटनाको समेत अनुसन्धान गर्न माग

काठमाडौ मार्ग १०, नेकपा(क्रान्तीकारी माओवादी)ले बुधबार सुनसरीको भान्टाबारीमा भारतीय सीमा सुरक्षा बलका जवान हतियारसहित नेपाल प्रवेश गरी गोली mohan_baidhyaचलाएर चार जना नेपालीलाई घाइते बनाइएको घटनाको विरोध एवम् भत्र्सना गरेको छ । सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारबाहीको व्यवस्था गर्न माग गर्नुभएको छ । क्रान्तिकारी माओवादीले सीमा क्षेत्रमा हुने हिंसात्मक गतिविधि रोक्न नेपाल–भारतबीचको खुला सीमालाई नियन्त्रण गर्न आग्रह गरेको छ । केही दिनअघि सप्तरीमा आन्दोलनकारी र प्रहरीबीचको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको घटनाको समेत अनुसन्धान गर्न अध्यक्ष वैद्यले माग गर्नुभएको छ ।