शुक्रबार, चैत्र १६, २०८०

बोर्डिङ स्कुलमा पेट्रोल बम प्रहार, दुई लाखभन्दा बढीको क्षति

काठमाडौ मार्ग १२ , महोत्तरी जिल्लाको सोनामाई गाविसमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेको खवर आजको Captureनयाँ पत्रिका दैनिमा खवर रहेको छ । खवरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीलाइ उदृत गर्दै सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेको उल्लेख गरिएको छ।

त्यस्तै आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज , फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालको भनाइ कोठ गरिएको छ। गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् । आगजनीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।