मङ्लबार, बैशाख ११, २०८१

बसन्तपुर दरबार क्षेत्रमा फुटफाट बजार र अव्यवस्थित पार्किङ हटाईने

काठमाडौं कात्तिक १७, काठमाडौं महानगरपालिका अन्र्तगत सञ्चालित हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमले हनुमानढेका र बसन्तपुर दरबार क्षेत्रमा sssआवागमननै अवरुद्ध हुँनेगरि अनाधिकृतरुपमा राखिएको फुटफाट बजार र अव्यवस्थित पार्किङ हटाउँने अभियान सुरु fffगरेको छ ।

दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमख नरेन्द्र बज्राचार्यका अनुसार दरवार क्षेत्र घुम्न आउँने पर्यटक समेतलाइ असहज हुँने गरि राखिएको बजार गरिएको पार्किङका कारण हैरानी समेत भएको गुनासो आउँन थाले पनि स्थानीय कल्व तथा आसपासका विभिन्न संघसंस्था समेतको उपस्थितीमा भएको छलफलको निष्कर्ष अनुरुप यस यसकिसिमको अभियान सञ्चालन गरिएको बताउँनु भएको छ ।

यसैक्रममा सोमवार साँझ स्थानीय नेपाल प्रहरी, संघसंस्थाका प्रतिनिधी, नगर प्रहरी समेतको उपस्थितीमा त्यस क्षेत्रमा राखिएका बजार हटाउँन आग्रह गरिएको र आजबाट बजार राख्न नदिने तयारी भएको बुझिएको छ ।

यस अघिपनि जनसेवा सामुदायिक केन्द्र तथ स्थानीय सङघ संस्थाको पहलमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै हनुमानढेका र बसन्तपुर दरबार क्षेत्रमा कुनै पनि किसिमका कार्यक्रमको आयोजना माथि बन्देज लगाउँदै दरबार क्षेत्रमा पार्किङ समेत गर्न नदिइने भन्दै स्थानीय संस्था र कार्यक्रमको तर्फबाट सामुहिक प्रतिवद्धता व्यक्त गरेको थियो ।