बिहिबार, बैशाख १३, २०८१

बर्ष २०१५को एन पिस अवार्ड थापा र चौधरीलाइ

काठमाडौं मार्ग २,  श्रीमानसंग छोडपत्र भएपछि सन्तानको सम्पत्तिमाथिको अधिकार दिलाउन योगदान पु-याएकी शर्मिला थापा र कैलालीमा सामाजिक कुसंस्कारका विरुद्ध काम गर्ने कौशिला चौधरीले बर्ष २०१५को एन पिस अवार्ड प्राप्त गर्नु भएको छ ।
नेपालबाट पुरस्कारका लागि मनोनयनमा परेका सामाजिक क्षेत्रका १० जना व्यक्तिहरुमध्ये थापा र चौधरीले पुरस्कार प्राप्त गर्नु भएको हो । संयक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपिले शान्ति र विकासका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरेको क्षेत्रीय पुरस्कार प्राप्त गरेपछि उहाँहरुले बुधबार नेपाल पत्रकार मञ्चमा पत्रकार सम्मेलन गर्दै पुरस्कारले नेपालको सामाजिक प्रतिष्ठा उच्च भएको धारणा राख्नुभयो ।
सम्मेलनमा गायक निर्णय श्रेष्ठले नेपालमा काम गर्नेभन्दा गफ गर्ने मानिसहरुको संख्या बढी भएकोले सामाजिक रुपान्तरणका क्षेत्रमा प्रगति हुन नसकेको टिप्पणी गर्नु भयो । कार्यक्रमपछि लैङ्गिक विश्लेषक एवं सञ्चारकर्मी आरती चटौतले समाजको पूर्णताकालागि व्यक्तिमा सकारात्मक तर फरक सोच जागृत हुनु पर्ने बताउनु भएको थियो । –सस्मिता झाबाट