मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्री ओलीद्वारा सोमबार संयुक्त वार्ताको आह्वान,वार्ताबाटै समस्याको हल गर्दै एकाकार बन्न आग्रह

प्रधानमन्त्री ओली भारतीय राजदूत रे बीच बालुवाटारमा भेटवार्ता

काठमाडौ मार्ग १३ मधेस आन्दोलनको सम्बोधन गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच सोमबार संयुक्त वार्तामा आउँन आह्वान गर्नुभएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ते प्रस्तुत वार्तामा resize_imageसमस्या समाधानका लागि सबै पक्षलाई सकारात्मक ढङ्गले प्रस्तुत हुन र मुलुकमा जारी संकट निवारणको लागि वार्ता र संवादका माध्यमबाटै समस्याको हल गर्दै एकाकार बन्न आग्रह सहित उहाँले यस्तो आग्रह गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाललाइ जनाएको छ ।

त्यस्तै आन्दोलनरत मधेसीदलले ठोस प्रस्ताव सहित वार्तामा आउँन भनिरहेको अवस्थामा सोमवार हुँने वार्तालाइ निष्कर्षपूर्ण बनाउँन हरसंभव प्रयास गर्ने तयारी पनि भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। त्यसो त यसअघि एमाओवादीका अध्यक्ष प्रचण्डले जारी संकटको सम्बोधनको लागि वार्ताको पहल गर्दै आिवार प्रधानमन्त्री ओली र काँग्रेु सभापति कोइरालालसंग पनि विशेष वार्ता गर्नु भएको थियो । स्मरण रहोस मधेसीदलले वार्तामोका क्रममा ठोस प्रस्ताव अन्र्तगत सङ्घीय सीमाङ्कनमा प्रष्ट धारणा सहित समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ ।

यसैवीच प्रधानमन्त्री ओलीले आजै साँझ नेपालका लागि भारतीय राजदूत रञ्जीत रेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन आग्रह गर्दै थप  समसामयिक छलफल गर्नु भएको बुझिएको छ ।