शनिबार, बैशाख ८, २०८१

पूर्व प्रम नेपालको घर तोडफोडप्रति एमालेको ध्यानाकर्षण

काठमाडौ मार्ग ४, नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी UMLमोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराउँदै एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनको नाममा अराजक प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न आन्दोलनरत पक्षलाइ आग्रह गरिएको छ ।

त्यस्तै एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हँुदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।’ मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ ।