बिहिबार, बैशाख १३, २०८१

पूर्वाञ्चल दैनिकका सम्पादक ढकाल अस्वस्थ

बिर्तामोड कात्तिक २७,  पूर्वाञ्चल दैनिकका सम्पादक मदन ढकाल अस्वस्थ भएका छन् । ६६ बर्षीय ढकाल मधुमेह र मृगौला सम्बन्धी समस्याबाट उच्चतम 12233219_900951636662362_1154249391_n[1]पिडितभइ विगत १० दिनदेखि भारतको शिलगढीस्थित निओटिया गेट वेल हस्पिटलमा उपचार भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै सम्पादक ढकालको अहिले स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न अस्पतालका डाक्टर पीडी भुटियालाई उद्धृत गर्दै प्राप्त समाचारमा उनको शरीरमा सोडियम र पोटासियमको मात्रा समेत घटेकोले अवस्था केही जटिल बनेको उल्लेख गरिएको छ । उनलाई अहिले आइसीयूबाट एचडीयू उपचार कक्षमा सारिएको र अझ केही दिन अस्पतालमै राखेर  उपचार गर्नुपर्ने चिकित्सकले बताएको समाचारमा उल्लेख गरिएको छ ।