शुक्रबार, बैशाख १४, २०८१

पूर्वसभापति उपाध्यायलाइ महासंघद्दारा आर्थिक सहयोग

काठमाडौं मार्ग ९, नेपाल पत्रकार महासंघका पूर्वसभापति बरिष्ठ पत्रकार मणिराज उपाध्याय अहिले शहीद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत हुनुहुन्छ । हृदयघात भई गतः शुक्रबार सो अस्पतालको सीसीयुमा भर्ना गरिनुभएका ९३ वर्षीय उपाध्याय स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि हिजोदेखि जनरल वार्डमा थप Photo 1Press release 9 mansirस्वास्थ्यलाभ गरिरहनु भएको पत्रकार महासंघले जनाएको छ । नेपाली पत्रकारिताका जीवित इतिहास उपाध्यायले कठिन दिनमा नेपाली समाजको परिवर्तनमा व्यवासायिक पत्रकारिताको माध्यमबाट अतुलनीय योगदान पु-याउनुभएको छ । समाज दैनिकको पर्यायका रूपमा समेत चिनिनुहुने उहाँले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व प्रदान गर्नुभएको थियो । महासंघ उहाँको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।

महासंघ अध्यक्ष डा. महेन्द्र विष्टसहितको टोलीले उहाँलाई आज अस्पतालमा पुनः भेटी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै महासंघको तर्फबाट उपचार सहयोगस्वरूप रु. २० हजार सहयोग प्रदान गरेको छ । आजको भेटमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, महासंघ उपाध्यक्ष अनीता बिन्दू र कोषाध्यक्ष सूर्यमणि गौतम पनि सहभागी हुनुहुन्थ्यो । महासंघ बरिष्ठ पत्रकार उपाध्यायले नेपाली पत्रकारिताको क्षेत्रमा पु-याउनुभएको योगदानको सम्मान गर्दै उहाँको उपचारमा यथोचित ध्यान दिन र सक्दो सहयोग गर्न नेपाल सरकार समक्ष हार्दिक आग्रह समेत गरेको छ ।  यसै क्रममा  www.kantipurhotline.com को तर्फबाट पनि  पूर्वसभापति उपाध्यायको सिघ्रस्वास्थ्यलाभको कामना गर्दछौं ।

पत्रकार दुर्घटना बीमाको प्रारम्भिक  कार्यान्वयन विहिवार :    यसैवीच नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना बिभाग र नेपाल पत्रकार महासंघको समन्वयमा सुरु गरिएको पत्रकार दुर्घटना बीमाको प्रारम्भिक  कार्यान्वयन विहिवार अपरान्ह १ः३० बाट गरिने भएको छ । विहिवार सूचना तथा सञ्चार प्रबिधि मन्त्री श्री शेरधन राईले एक कार्यक्रमकावीच उक्त कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।