शुक्रबार, बैशाख १४, २०८१

 पर्साका एफएमहरुलाइ आचारसंहिताविपरीतका समाचार सामग्रीहरू प्रकाशन/प्रसारण नगर्न काउन्सिलद्वारा सचेतपत्र जारी

sachetpatra pressकाठमाडौ कात्तिक १७, प्रेस काउन्सिल नेपालले प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रकाशन प्रसारण नगर्न आज एक प्रस विज्ञप्ति जारी गदै एफएम रेडियोहरूलाई सचेत गराएको छ ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले आज पर्सा, वीरगन्जका रेडियो तराई (१०७ मेगाहर्ज), रेडियो बिन्दास (९४.८ मेगाहर्ज ), रेडियो वीरगन्ज (९९), नारायणी एफएम, भोजपुरिया एफएम, आकाश एफएम(१०१.९ मेगाहर्ज)लाई पत्रमार्फत सचेत गराउनुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा यि एफएमहरुले पत्रकारिताको सिद्धान्त र मूल्य मान्यताविपरीत हिंसा र आतङ्कलाई प्रोत्साहन गर्ने, नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सम्प्रदायबीचको सुसम्बन्ध र छिमेकी मुलुकहरूसँगको असल सम्बन्धमा खलल पुग्ने प्रायोजित र बनावटी समाचार सामग्रीहरू प्रसारण गर्दै आएको जनाउँदै काउन्सिलले यस्ताखाले प्रकाशन र प्रसारण पत्रकार आचारसंहिताविपरीत भएकाले तत्काल यस्तो समाचार सामग्री प्रकाशन प्रसारण नगर्न सचेत गराएको जनाउँदै यस सम्बन्धमा कुनै प्रतिक्रिया भए सात दिनभित्र पेस गर्न पनि ती सञ्चारमाध्यमहरुलाई निर्देशन दिनुभएको छ ।