शुक्रबार, चैत्र १६, २०८०

नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएकाले कसैको पराधीनता स्वीकार गर्दैन : प्रम ओली

जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको प्रम ओलीको अभिव्यक्ति
नेपाली काँग्रेसलाई सरकारमा सामेल हुन आग्रह

काठमाडौ कात्तिक २६,नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री anup_20151112_25anup_20151112_32anup_20151112_35ओलीले आन्दोलनरत मधेस केन्द्रीत दल लगायतका सबैको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । तर दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीतका माग भने सरकारले कुनै पनि हालतमा पूरा गर्न नसक्ने अभिव्यक्ति दिदै वर्तमान सरकार जनताको सरकार भएको र यो सरकारले नेपाली जनताको सम्पूर्ण जायज मागलाइ शिरोपर गर्न कुनै कन्जुस्याइ नगर्ने बताउँनु भएको हो ।

नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै उहाँले सम्बोधनको क्रममा पटक पटक नेवारी शव्दावली समेतको प्रयोग गर्नु भएको थियो । त्यस्तै नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको छ । यसले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता स्वीकार नगरेका भन्दै भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसका लागि नेपाली काँग्रेसलाई सरकारमा सामेल हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष डा महेशमान श्रेष्ठ लगायतका वक्ताले नेपाल संवत मौलिकता माथि प्रकाश पार्नु भएको थियो । यस अघि काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक, सांस्कृतिक र साहित्यिक संङ्घसंस्थाहरू सम्मिलित विशाल सांस्कृतिक ¥यालीले काठमाडौँको भित्री सहर परिक्रमा गर्दै शुभकामना बाँडेको थियो । वसन्तपुरबाट सुरु भएको उक्त ¥याली त्यहीँ आएर समापन भएको थियो ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान भक्तपुरको नयाँ ठिमीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शङ्खधरको सालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गद मुलुकमा संविधान जारी भएसंगै देखिएको यावत समस्या समाधानको लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै भारतको तर्फबाट जारी नाकाबन्दीका कारण जनताले असाधारण कष्ट भोग्नुपरेकोमा दुखकष्ट व्यक्त गर्दै यो कष्ट अव समय धेरै दिन नजाने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ
। साथै उहाँले त्यस अवसरमा काँग्रेसलाइ सरकारमा सामेल अुन आग्रह गर्दै इमेज टेलिभिजनका अध्यक्ष आरके मानन्धर र नेपाल भाषा मंकाः खलः काठमाडाँैका सचिव नरेशवीर शाक्यलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल एनेकपा (माओवादी)का स्थायी समिति सदस्य जनार्दन शर्मा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।