बिहिबार, बैशाख १३, २०८१

नेपाली समाज ढुङगे र जंगली युगतर्फ उन्मुख भएकोमा चिन्ता प्रकट

काठमाडौं मार्ग ६, राप्रपा नेपाल समानान्तर सम्वद्ध भातृसंगठन महिला संगठन, युवक संगठन र युवा मोर्चाद्दारा आज राजधानीमा संयुक्त रुपमा आयोजित ‘राष्ट्र, राष्ट्रियता र वर्तमान सन्दर्भ’ विषयक विचार गोष्ठीमा राष्ट्रियता कमजोर भएको बखत राष्ट्रवादी पार्टीको नाताले राप्रपा नेपाल समानान्तरको काँधमाथि महत्वपूर्ण जिम्मेवारी आएको विचार सहित मुलुकमा संविधान जारी भएपछि आम समस्या समाधान हुन्छ भन्ने दावी गरिएपनि प्रस्तुत दावी विपरीत नयाँ photo1[1]संविधान जारी भएयता जनताको दैनिकी कष्टप्रद भएकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा मुलुकमा नयाँ संविधान जारी भएयता नेपाली समाज ढुङगे र जंगली युगतर्फ उन्मुख हुनुको अलावा नागरिकको जीवन कष्टकर भएको बताउँदै समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले राष्ट्रवादी पार्टीको नाताले राप्रपा नेपाल समानान्तर जनता र राष्ट्रको हितमा सदैव लडीरहने बताउनुभएको छ।त्यस्तैगरि अर्का वक्ता सगुन सुन्दर लावतीले नेपाल सरकारकार परराष्ट्र मन्त्रीले कान्तिपुर टेलिभीजन सँगको अन्तरवार्तामा नेताहरुले भारतीय संस्थापनलाई गरेको बाचा पुरा नगरिएको कारण वर्तमान समस्या खडा भएको भन्ने धारणा व्यक्त गरेको स्मरण गर्दै, प्रजातान्त्रिक सरकारले भारतीय नेतृत्वसँग के बाचा गरेको थियो भन्नेबारे सत्यतथ्य सांर्वजनिक गर्नुपर्नेमा बताउँनु भएको थियो ।

कार्यक्रममा उपाध्यक्षद्दय शोभ बहादुर बस्नेत, कृष्ण बहादुर चौधरी, महामन्त्री श्याम तिमल्सिनाल, महामन्त्री बालकृष्ण नेउपाने राष्ट्रमाथि संकट आइपरेको बखत राष्ट्रवादी शक्तिहरुसँग मोचाबन्दी गर्दै राप्रपा नेपाल समानान्तरले जनसंघर्ष गर्न लागेको उद्घोष गर्नुभएको थियो भने सहायक महामन्त्रीद्वय किशोर गुरुङ र आरजु थापा श्रेष्ठ, केन्दीय सदस्य प्रेम देसारलगायतले पनि आफ्नो अभिमत प्रकट गर्नु भएको सो पार्टी द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।