शनिबार, बैशाख ८, २०८१

निर्वतमान उपराष्ट्रपति झाको विदाइ, नवनिर्वाचित उपराष्ट्रपति पुनद्दारा पदभार ग्रहण

 संवादमार्फत आन्दोलित दलको माग सम्बोधन गर्न सरकार तयार :प्रम ओली

काठमाडौ कात्तिक १५, गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाको बिदाई गरिएको छ । मुलुकमा संविधान सभाबाट नयाँ संविधान जारी भएपछि उपराष्ट्रपति परमानन्द झा शनिवार व्यवस्थापिका संसदमा भएको उपराष्ट्रपतिको निर्वाचनमा नन्द किशोर पुन पासाङ निर्वाचित भएपछि उपराष्ट्रपति झा निर्वतमान हुनु भएको हो । त्यस्तै आज नवनिर्वाचित उपराष्ट्रपति पुनले उपराष्ट्रपति पदको  सपथग्रहण  गरेलगत्तै उहाँको विदाइ गरिएको हो ।

उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा आज आयोजित विदाइ कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओलीले जारी नयाँ संविधानले सबैको भावनालाई सम्बोधन गर्ने भएकाले आन्दोलन र असन्तुष्टिको आवश्यकता नभएको यद्यपी जारी संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहको माग वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकार तयार रहेको बताउँनु भएको छ । साथै उहाँले आन्दोलनको नाममा आफ्नो अधिकारका लागि सङ्घर्ष गर्दा अर्काको अधिकार हनन् नहुनेतर्फ ख्याल गर्न समेत आग्रह गर्नुभएको छ । सम्बोधनको क्रममानै उहाँले अव मुलुकमा आन्दोलन को नभइ विकास आर्थिक समृद्धिको आवश्यकता औल्याउँदै निवर्तमान उपराष्ट्रपति परमानन्द झाप्रति आभार प्रकट गर्नुभएको थियो ।

त्यस्तै निवर्तमान उपराष्ट्रपति परमानन्द झाले नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न सरकार, राजनीतिक दल चुक्न तयार हुँनु  Pun-Vice-Presपर्नेमा जोड दिदै असन्तुष्टि व्यक्त आइरहेको दललाई वार्ता र संवादको माध्यमबाट समस्याको निकास पहिल्याउँन आग्रह गर्नु भएको थियो ।  त्यस अवसरमा निवर्तमान उपराष्ट्रपति झालाई प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख ओनसरी घर्ती, विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतले बुद्धमूर्ति दिएर विदाइ गर्नु भएको थियो ।  यसैवीच पूर्वजनमुक्ति सेनाको कमाण्डर समेत रहेका नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले आजै उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा पदभार ग्रहण गर्नु भएको छ ।  त्यसअघि उनले राष्ट्रपति विद्या भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको थियो ।