शनिबार, बैशाख ८, २०८१

निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्ने

काठमाडौं कात्तिक २०, नेपाल आयल निगमले तिहार र छठ पर्वको लागि भन्दै विहिवारबाट वर्गीकरणको आधारमा सवारी साधनलाई इन्धन उपलब्ध गराएको wwwwwwwwwwwwnepal-oil-nigamछ। निगमले निजी सवारी साधनलाई लट अनुसार तीन दिनसम्म पेट्रोल वितरण गर्ने पूर्व सूचना अनूरुप कात्तिक १९ गते बा १ प देखि बा ३० प सम्म, मोटरकार र जीप बा १ च देखि बा ५ चसम्म इन्धन उपलब्ध गराइएको जनाएको छ भने आज बा ३१ प देखि बा ५० प सम्म र मोटरकार र जीपका हकमा बा ६ च देखि बा ८ चसम्म इन्धन उपलब्ध गराइने भएको छ । तर पेट्रोल लिनका लागि सर्वसाधारणले आफ्ना सवारी साधन लाइनमा राख्दै पेट्रोलको प्रतिक्षामा बसेपनि पेट्रोल पम्पहरुमा कुन बेलादेखि वितरण थालिन्छ भन्नेबारे कुनै जानकारी भने गराइएको छैन । तथापी निगमका अनुसार पम्पहरुमा ट्यांकरहरु आउनु अघि कुपन वितरण गरिने र त्यसपछि मात्र पेट्रोल वितरण गर्न थालिने नेपाल आयल निगमले जनाएको छ । यसरी निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गरिने जनाएको छ ।