बिहिबार, बैशाख ६, २०८१

नवनिर्वाचित उपराष्ट्रपति पुनद्वारा पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौ कात्तिक १५,  शनिवार व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वार्चित हुनुभएका नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुन पासाङगले एमाओवादीको सम्पूर्ण पदिय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।  उहाँले आज एक प्रेस विज्ञप्ति जारी गरी  नन्दकिशोर पुनयसअघि पार्टीको पदिय जिम्मेवारीबाट राजीनामा दिएको घोणषा गर्नु भएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएको भन्दै संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको उल्लेख गनुए भएको छ । साथै आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।