शुक्रबार, चैत्र १६, २०८०

नयाँ सरकारको गठनपछि प्रम निवासमा बसेको प्रमुख तीन दल बैठक विनानिष्कर्ष टुङगीयो

काठमाडौ कात्तिक १८, एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाओवादी राप्रपा नेपाल सहितको नयाँ गठबन्धन सरकार बनेपछि राजनीतिक समस्या pm-office-समाधानबारे आज पहिलो पटक प्रमुख तीन दल अर्थात प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता समेतको सहभागीतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ ।

आजको बैठकमा मुलत बैठकमा गत बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्प पछिको पुनःनिर्माण प्राधिकरण गठन र मधेस केन्द्रीत दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न भन्दै बसे पनि बैठकले कुन निष्कर्ष पहिल्याउँन नसकेको बुझिएको छ । यस अघि काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले पुनःनिर्माण प्राधिकरण अध्यादेश ल्याए पनि त्यसको अवधि त्यतिकै सकिए पछि पुनःनिर्माण प्राधिकरण आयोगले कुनै काम गर्न सकेको थिएनन ।

  बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र कानुनमन्त्री अग्नि खरेल, काँगे्रसका सभापति सुशील कोइराला, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रस उपसभापति रामचन्द्र पौडेलको  सहभागीता रहेको थियो ।