बिहिबार, बैशाख ६, २०८१

नयाँ वर्षमा नायिका आशिष्माको उमङग

काठमाडौ कात्तिक २६ ,नेपाल संवत ११३६ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको कार्यक्रमको दौरानमा पछिल्लो समयमा नेपाली र नेपाल भाषाको सिने जगतमा आशालाग्दो नायिकाको रुपमा देखा परेकी आशिष्मा नकर्मी पनि नयाँ वर्ष ११३६को उमङगमा रमाउँदै गरेकी अवस्थामा हाम्रा सहकर्मी प्रवीन श्रेष्ठले क्लिक गरेको उनको पछिल्लो छाँयाछवी ।

एक दशक अघि कला क्षेत्रमा आएकी आशिष्माको अभिनय नेपाली भन्दा पनि नेवारी फिल्ममा अब्बल देखिएको छ। आशिष्माले अभिनय गरेको नेपाल भाषाको चलचित्र न्याल्ला ब्याँ, पपु मधुमया झानगा, मुमधुगु जिन्दगी, तारेमाममा बेजोड अभिनयको रुपमा लिन सकिन्छ । त्यसो त कोक फिगर भनेर पनि चिनिने आशिष्माले अन्तराल, तोरी लाहुरे, सिक्स फिट लाइफ, राघव र बुद्ध वर्न इन नेपाल गरी पाँच वटा फिल्ममा अभिनय गरिसकेकी छिन्।