शुक्रबार, बैशाख १४, २०८१

त्रिपक्षीय वार्ता नितिगत रुपमा निष्कर्ष विहिन तर सकारात्मक

काठमाडौ मार्ग १४, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार साँझ मधेसमा जारी आन्दोलनको सम्बोधनका लागि भन्दै आन्दोलनरत मधेसवादीदल, सत्ताघटकदल र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस सहितको आजको त्रिपक्षीय वार्ता नितिगत रुपमा निष्कर्ष विहिन भएपनि सकारात्मक दिशामा अघि बढेको छ । images (25)आजको वार्तामा विषय प्रवेसनै नभएपनि नेताहरुमा वार्ता प्रति देखिएको गम्भीरताको कारण वार्ता आफैमा सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन । वार्तापछि प्रतिपक्षी दलका नेता एवम् काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै छलफल सकारात्मक भएको र मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरूबीच गहन छलफल गरी यही मार्ग १६ गते अर्थात बुधवार पुनः अर्को वार्ता गर्ने सहमति गर्दै आजको वार्ताको टेवलबाट नेताहरु उठेको हो ।

त्यसो त आजको वार्तामा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसको अवस्था सहज गर्नेबारेमा गम्भीररूपमा छलफल भएको जानकारी गराउँदै सरकारले वार्ताको वातावरण बनाउन यसअघि गरेको घाइतेको उपचार र आन्दोलनमा मृत्यु भएकालाई राहत दिने निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेको जानकारी दिदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीको मागमा गहन छलफल गरी वार्ताबाट निकास निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेताहरूले बताएका छन् । त्यस्तै वार्तामा गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एमाले), ए माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी रहेको थियो ।