शनिबार, बैशाख ८, २०८१

जारी नाकाबन्दीविरुद्ध क्रान्तिकारी माओवादीद्दारा आन्दोलनको उद्घोष

काठमाडौ मार्ग ३ , मुलकको सिमानाकामा भारतीयपक्षको तर्फबाट जारी नाकाबन्दीका कारण सिर्जित इन्धनको चरम अभाव महङ्गी र कालाबजारीबिरुद्ध नेकपा क्रान्तिकारी माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा बुधवार बसेको केन्द्रीय baideसचिवालयको बैठकको निर्णय पछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार मार्ग ७ गते भारतीय दूतावासमा ज्ञापनपत्र दिने तथा १ बजेदेखि ३ बजेसम्म दूतावास अगाडि धर्ना दिने, मार्ग ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुई घन्टा धर्ना दिने, मार्ग११ गते देशका प्रमुख सहरमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा नेकपा–माओवादी र नेकपा (एकीकृत)बीच पार्टी एकता भई बनेको सो पार्टीले एकता प्रक्रियालाई तलसम्म विभिन्न बैठक, प्रशिक्षण कार्यक्रम गरी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने निर्णय सहित केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्य विभाजन गरिएको जनाउँदै सच्चा देशभक्त, जनवादी र बामपन्थी शक्तिसँग संयुक्त सङ्घर्षका लागि आह्वान पनि गरेको छ।

स्मरण रहोस यसअघि मोहन वैद्य नेतृत्वको माओवादी रपरि थापा नेतृत्वको नेकपा एकीकृतवीच एकताभए संगै वैद्य नेतृत्व माओवादी को नाम परिवर्तन गर्दै नेकपा क्रान्तिकारी माओवादी बनाईएको हो ।