शुक्रबार, चैत्र १६, २०८०

कृतिम अभाव सिर्जना गरी अमानवीय एवम् निकृष्ट कालोबजारी गर्नेलाई कारबाही

टोलफ्रि नंं १६६००१६०६०६ मा जानकारी दिन आग्रह

anup_20150917_32काठमाडौ मार्ग ३, district-administration-office-kathmanduले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भारतको तर्फबाट जारी नाकाबन्दीको क्रममा सिर्जना भएको अभावको मौका छोप्दै उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरी अमानवीय एवम् निकृष्ट कार्य गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँदै कारवाही गरिने भएको छ ।  प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आज एक विज्ञप्ति जारी गरी प्रशासनले कार्यदल नै बनाई बजार अनुगमन गरिरहेको बताउँदै हालसम्म यस्ता कार्यमा संलग्न सातजना उद्योगी व्यापारीलाई पक्राउ गरी कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार कारबाही अघि बढाइएको उल्लेख गर्नुभएको छ ।

वर्तमान अवस्थालाई सहज पार्न सरकारले प्रयास जारी रहेको बताउँदै विज्ञप्तिमा यस्ता अमानवीय क्रियाकलाप भए गरेको पाइए नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० वा कार्यालयको टोलफ्रि नंं १६६००१६०६०६ मा जानकारी दिनसमेत आग्रह गरेको छ ।