बिहिबार, बैशाख १३, २०८१

काठमाडौं जिप्रकाद्दारा आतिसबाजी, पटाका र भुइँचम्पामा रोक

काठमाडौ कात्तिक २३, काठमाडौं जिल्ला प्रशासन कार्यालयले तिहार र छठ पर्व मनाउने क्रममा आतिसबाजी, पटाका, भुइँचम्पा दुर्घटनालगायत धनजनको क्षति district-administration-office-kathmanduहुन सक्ने र शान्तिसुरक्षामा प्रतिकूल असर पर्न जाने कुनै पनि काम कारवाही नर्गन अनुरोध गरेको छ ।

काठमाडौँका प्रजिअ एकनारायण अर्यालले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । साथै विज्ञप्तिमा तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सम्बन्धित घरधनीको सहमति लिई बिना करकाप बेलुकी १० बजेसम्म मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले सम्वद्ध सवैमा अनुरोध गर्दै कोही कसैले सो सूचनाको बर्खिलाप हुने कामकारबाही गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।