शनिबार, बैशाख ८, २०८१

एमाओवादीद्दारा पूर्व उपाध्यक्ष डा.भट्टराई लगायतका थुप्रै केन्द्रीय सदस्य पार्टीबाट निष्काशित

काठमाडौं कार्तिक १८, एमाओवादीका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको एमाओवादी स्थायी समिति बैठकले पार्टीका पूर्व उपाध्यक्ष डा. बाबुराम baburam-bhattraiभट्टराईलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले भट्टराईलाइ पार्टी हित विपरित गतिबिधि गरेको र नयाँ शक्तिको वकालत गर्दे हिडेको प्रसंगमा सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकोले जनाउँ दिदै निष्काशन गर्ने निर्णय बुझिएको छ । त्यसैगरी बैंठकले यसअघि भट्टराईका गतिबिधिलाई सहयोग पुर्‍याउने अरु नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मा लगायतका २५ जना नेतालाइ पनि निष्काशन गरेको छ ।