बुधबार, बैशाख १२, २०८१

एन्फा अध्यक्ष एवम् सासंद थापालाइ फिफाद्वारा कारबाही, २० हजार स्विस फ्राङ्क जरिवाना

काठमाडौ कात्तिक ३०,  विश्व फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष एवम् राप्रपा नेपालको तर्फबाट व्यवस्थापिका संसदका  लागि मनोनित सासंद गणेश थापालाइ घुस लिएको अभियोगमा कारवाही गरिएको छ ।

विश्व फुटबल महासङ्घले एन्फा अध्यक्ष थापालाइ १० वर्षे प्रतिबन्धसँगै २० हजार स्विस फ्राङ्क जरिवाना गर्नुको अलावा आगामी १० वर्षसम्म कुनै फुटबल गतिविधि गर्न नपाउने गरि फिफाको आचार समितिले कारवाही गरेको बताइएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनसार फिफाको यस्तो कारवाही अनुरुप एन्फा कार्यसमितिको विधानअनुसार केही दिनभित्रै बैठक बसेर के गर्ने सो सम्बन्धमा निर्णय गर्ने बताउँनु भएको छ ।

यसैवीच  यसअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ करोड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । संसदीय समितिले एन्फा अध्यक्ष थापाले अनियमितता गरेको ठहर गरे पनि लोकमान सिंह कार्की प्रमुख आयुक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान रोक्ने निर्णय गरेको थियो ।