शनिबार, बैशाख ८, २०८१

आसन्न महाधिवेशनका लागि समिति गठनको प्रस्ताव गर्दै सोमवार बस्ने गरि बैठक स्थगन

काँग्रेस केन्द्रीय समितिको बैठक :

काठमाडौ कात्तिक १५, नेपाली काँग्रेसको आज पार्टी मुख्यालयमा ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २० देखि २३ गतेसम्म हुँने congressपार्टीको १३ औं महाधिवेशन एवम् मुलुकको पछिल्लो राजनैतिक घटनाक्रमका सवालमा विशेष छलफलको चरणमा प्रवेस गर्दै पार्टीका शीर्ष नेताहरु उपराष्ट्रपतिको शपथ कार्यक्रममा जानुपर्ने भएकाले सोमबार बिहान ८ बजे बैठक बस्ने गरि स्थगन गरेको छ ।

यद्यपी आजको बैठकमा महाधिवेशन तयारीका लागि काँग्रेसले सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठनका लागि प्रस्ताव गरिएको बुझिएको छ। त्यस्तै शिर्ष नेताहरुको कार्य व्यस्ताका कारण आजको बैठकमा थप अन्य विषयगत एजेन्दा टेवल नभएपनि सोमवार बस्ने र्बठकले ति एजेन्दालाइ सम्बोधन गर्ने बताईएको छ ।