शुक्रबार, चैत्र १६, २०८०

आर्ट ग्यालरी स्थापना गर्न पर्यटनमन्त्रीसंग आरोहीको माग

काठमाडौं मार्ग १३, साउथ अमेरिकाकाको सर्बोच्च शिखरमा रहेको ४३०० मिटरमा अबस्थित आर्ट ग्यालरी  जस्तै सर्वोच्च शिखर सगरमाथाको कलापत्थरमा आर्ट ग्यालरी स्थापना गरेर विश्व रेकर्ड राख्न   (५४००मिटर ) स्थापना गर्न आज पर्यटन मन्त्री सामु आरोहीहरुले माग गरेका छन् । बिश्व पर्वतारोही संजय पण्डितको नेतृत्वमा गएको टोलीमा सगरमाथा आरोही चिरींग शेर्पा ,सास्कृतिक संग्राहलयका सदस्य बसन्त कुमार कार्की लगाएतको 3sसहभागिता रहेको थियो । टोलीले हरेक वर्ष सगरमाथा आरोहण दल तथा ८ हजार मिटरका हिमालमा जम्मा ५ प्रतिसत सगरमाथा आरोही सम्पर्क अधिकृत रुपमा पठाइने गरेकोमा अब देखि यसलाइ ५० प्रतिशतमा पुर्याउन पर्यटन मन्त्री समक्ष जोडदार माग गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा सगरमाथा आरोहणमा ज्यान गुमाएका परिवारहरुलाई सरकारले उचित ढंगले नहेरेको भन्दै ध्यानाकर्षण सहित लुक्ला देखि कालापथ्थरको बिचमा केबुलकारकार निर्माण गर्न सके हरेक बर्ष नेपालमा ५० लाख अन्तरिक तथा बा्हय पर्यटक भित्रन सक्ने कुराको पनि जानकारी दिए यसको लागि सरकारले आगामी बजेटमा राष्ट्रिय गौरबका आयोजनामा राख्न आरोहीहरुले सल्लाह दिएको उल्लेख गरिएको छ ।

त्यसक्रममा पर्यटमन्त्री आनन्द कुमार पोख्रेल ,पर्यटन सचिब दिनेश थपलिया ,पर्यटन विभागका डीजी गोबिन्द कार्की लगाएतलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए। कार्यकमलाई संयोजन गरिरहेका संजय पण्डितले भने अब दोस्रो चरणको कार्यकममा छौ हेरौ यो हाम्रो पहिलो चरण कार्यकमको कार्यान्वयन कसरी अगाडि जान्छ ।