शुक्रबार, चैत्र १६, २०८०

आपतकालीन राहतकोष स्थापनार्थ जापानमा महजात्रा

काठमाडौ मार्ग ३,  जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एन.आर.एन.ए जापानले राहतकोष स्थापनालाई तिब्रता Maha Jatra Japan Poster printदिएको छ । यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो । आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ ।

आगामी डिसेम्बर २० तारिक टोकीयो, नाकानो स्थित नाकानो जिरो हलमा उक्त कार्यक्रमको आयोजना गरिने एन.आर.एन.ए जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक सुदन थापाले जानकारी दिनु भयो । कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ । कार्यक्रममा चर्चित पुर्व मिस टीन नेपाल तथा नायिका प्रियंका कार्की , नेपाली क्रिकेट कप्तान पारस खड़का , चर्चित लोक गायक बम बहादुर कार्की, यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंशाकार लगायतका चर्चित कलाकर्मी तथा मोडलहरुको सहभागिता रहने छ ।

उक्त कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने छ । यसका साथै अध्यक्ष थापाले यस बृहत उधेश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रमलाइ सफल पार्न सदा झैँ जापानबासी नेपाली समुदाय, क्रियाशील संघ सस्थाहरुको महत्वपुर्ण सहयोग गर्न पनि अनुरोध गरिएको छ।